केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २२, आजको नेपाली बजारमा सुनको मूल्य १ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ हजार रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ रहेको थियो । तेजाबी सुनको मूल्य ९९ हजार ४ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको मूल्य समेत आइतबार तोलामा ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य १ हजार ३ सय ८० रुपैयाँ रहेको थियो ।

रुस र युक्रेनबीचको युद्धलगायतका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा परेको हो ।

 

प्रकाशित : 6 March, 2022

प्रतिक्रिया दिनुहोस्