केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्सेमा सामान्य गिरावट

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २२, साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ।

आज परिसूचक ३ दशमलव ६६ अंकले घटेर दुई हजार ५४३ दशमलव ३९ अंकमा पुगेर बजार बन्द भएको छ।

पछिल्लो केही दिनयता घट्दै गएको शेयर बजारमा आज कारोबारमा आएका २३० कम्पनीमध्ये पाँच कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ। आज शिवम् सिमेण्ट, रिलायन्स लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, युनिभर्सल पावर कम्पनी र पाँचथर पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ।

यस दिन कारोबार रकममा पनि उच्च गिरावट आएको छ। आज धितोपत्र बजारमा कारोबारमा आएका २३० कम्पनीको दुई अर्ब ४९ करोड रुपैयाँको ५१ लाख ३९ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।

प्रकाशित : 6 March, 2022

प्रतिक्रिया दिनुहोस्