गोर्खा वार्ताका लागि बेलायती रक्षा मन्त्रालयलाई आह्वान

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २३, लन्डनस्थित नेपाली दूतावासले बेलायतको रक्षा मन्त्रालय ९एमओडी० लाई पत्र लेख्दै भूतपूर्व गोर्खाहरुको माग सम्बन्धमा त्रिपक्षीय वार्ताका लागि आह्वान गरेको छ ।

बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले एमओडीलाई नेपाल सरकार र भूतपूर्व गोर्खाप्रतिनिधिका तर्फबाट वार्ताका लागि भएको गृहकार्यबारे औपचारिक जानकारी दिँदै ब्रिटिस पक्षको तयारी सम्बन्धमा जिज्ञासा राखेका हुन् ।

नेपालको मन्त्रिपरिषद्‌ले केही दिनअघिमात्र राजदूत आचार्यलाई गोर्खा प्रतिनिधि सम्मिलित जिटुजीु वार्ताका लागि नेतृत्व गर्न जिम्मा दिने निर्णय गरेको थियो ।

बेलायती पक्षलाई पत्र लेखेर हाम्राबारे भइरहेको तयारी अवगत गराएका छौं, राजदूत आचार्यले आइतबार नेपाल पत्रकार महासंघ बेलायतको स्वागत कार्यक्रममा भने, ब्रिटिस पक्षबाट पनि कहिले प्रक्रिया अगाडि बढ्छ जिज्ञासा राखेका छौं । यो लामो नेगोसिएसनबाट हुने भएकाले समय लाग्न सक्छ । तर, अब गोर्खा समस्याको दीर्घकालीन समाधान खोज्न हामी प्रयत्नरत छौं ।

दूतावासले गोर्खा संगठनका तर्फबाट वार्ता समितिमा बस्ने अभियन्ताहरुको नाम समेत दिएको जनाइएको छ । राजदूत आचार्यले आफूलाई सरकारबाट कतिसम्म निर्णय गर्ने अधिकार दिइएको छ भन्नेबारे चाहिँ खुलाएनन् ।

नेपाल सरकारका तर्फबाट वार्ताको नेतृत्व गर्ने जिम्मा पाए लगत्तै राजदूत आचार्यले शुक्रबार गोर्खा संगठनका अभियन्ताहरुसँग छलफल गरेका थिए ।

के छन् सरकारी वार्ता टोलीले उठाउनुपर्ने भूपू ब्रिटिस(गोर्खा सैनिकका मुद्दा रु
छलफलमा गोर्खा सत्याग्रह संघर्ष समिति, गोर्खा भूतपूर्व सैनिक संघ गेसो, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी बिजीडब्लुएस नेप्लिज एक्स सर्भिसमेन एशोसिएसन नेसा र गोर्खा जस्टिस ग्रुपआवद्ध दश जना गोर्खा अभियन्ता सहभागी थिए ।

राजदूत आचार्यलाई स्वागत

नेपाल पत्रकार महासंघ बेलायत शाखाले राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ । आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसँग अन्तरक्रिया समेत गरेको छ ।

प्रकाशित : 7 March, 2022

प्रतिक्रिया दिनुहोस्