केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २३, आजको नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबीच, सरकारले सुन आयातमा कटौती गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो । वाणिज्य बैंकहरुले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।

प्रकाशित : 7 March, 2022

प्रतिक्रिया दिनुहोस्