रुससँग लड्न युक्रेनी सेनामा भर्ती भए २० हजार विदेशी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २३, रुसले गरेको आक्रमणको प्रतिकारमा लडाइँ गर्न करिब २० हजार विदेशी युक्रेन आएका छन्।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनएनसँगको कुराकानीमा यसरी युक्रेन आउनेमा सबैभन्दा धेरै युरोपेली मुलुकका नागरिक रहेको उल्लेख गरेका छन्।

‘विश्वका धेरै मानिसहरु रुसलाई घृणा गर्छन् र पछिल्लो समय उसले त्यस्तै काम पनि गर्दै आएको छ। तर, धेरै मानिसहरु खुलारुपमा रुसविरुद्ध बोल्न र उसँग लड्ने साहस गर्न सक्दैनन्’, उनले भने।

‘धेरै मानिसले युक्रेनी नागरिकहरु लडिरहेको र उनीहरुले हिम्मत नहारेको देखे। यस्तोमा धेरैलाई यो युद्धमा सामेल हुने प्रेरणा मिल्यो’, उनले थपे।

युक्रेनका अधिकारीहरुले विदेशीहरु युक्रेनमा आएर लडाइँ लड्न आउनु दीर्घकालीन, राजनीतिक, आर्थिक र सैन्य हिसाबमा निकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

प्रकाशित : 7 March, 2022

प्रतिक्रिया दिनुहोस्