केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, आज को नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

हिजो सोमबार प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।

हिजो सोमबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

प्रकाशित : 8 March, 2022

प्रतिक्रिया दिनुहोस्