सडकमा महिलाहरूःमार्च आठ

काठमाडौं । फाल्गुन २४, ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न दल निकटका महिला संगठन तथा महिला अधिकार वादी संगठन र पेशागत समूहहरुले सडकमा प्रदर्शन गर्दै दिवस मनाएका छन् ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ, पेशागत महासंघ नेपाल, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायत संघ(संगठनले आज राजधानीका सडकमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन तथा विचारविमर्श गरेका हुन् ।
एमाले निकट भातृसंगठनहरुले भृकुटीमण्डपबाट सुरू गरेको र्याली वसन्तपुर पुगेर सभामा परिणत भएको थियो । वसन्तपुरमै अखिल नेपाल महिला संघले ‘समृद्ध नेपाल निर्माणका लागि स्थानीय तहको प्रमुख पदमा महिलाको समान सहभागिता सुनिश्चितता’ माग सहित सभा गरेको छ ।
अन्य विभिन्न समूहले पनि आआफ्नै किसिमले सडक प्रदर्शन तथा सभासमारोह गर्दै महिला दिवस मनाएका छन् ।