रुसमाथि जापानले लगायो तेस्रो चरणको नाकाबन्दी

सहयात्रा टिभी

काठमाडौं ।  फाल्गुन २५,  युक्रेनको नाजुक परिस्थितिलाई ध्यानमा राखेर जापानले रुस र बेलारुसविरुद्ध तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको छ ।

मंगलबार जापनको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुस र बेलारसमाथि तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको जानकारी गराएको हो ।जापानले लगाएको तेस्रो चरणको नाकाबन्दीसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुुटिनका संयुक्त सेनाका उपप्रमुख, संसद्का उपप्रमुख, चेचेन गणतन्त्रका प्रमुख तथा रुस सरकावरनिकट सम्बन्ध रहेका भोल्गा ग्रुप, ट्रान्सनेफ्ट र वाग्नर कम्पनीका कार्यकारिणी अधिकृतलगायत बीस रुसीमाथि व्यक्तिगत नाकाबन्दी लगाइएको छ ।

त्यसैगरी, थप दुई रुसी र बाह्र बेलारुसी संघ संस्था र दुई बेलारुसी नागरिकमाथि पनि नाकाबन्दी लगाइएको छ ।

जापानी विदेश मन्त्रालयका अनुसार जापानले रुसतर्फ निर्यात हुने तेल प्रशोधन कार्यमा प्रयोग हुने उपकरण तथा सेनाको प्रयोजनका लागि बेलारुसतर्फ जाने सम्पूर्ण सामान्य सामग्रीमाथि पनि प्रतिबन्ध लगाइएको छ

प्रकाशित : 9 March, 2022

प्रतिक्रिया दिनुहोस्