केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नबिल बैंकको ५ मुद्दती खाता स् जसले दिन्छ नियमसंगत उच्च प्रतिफल

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २६, नबिल बैंकले सबै क्षेत्रलाई समेटिने गरी आफ्नो योजना ल्याएको छ।

बैंकले ग्राहकलाई उच्च लाभ पाइने गरी ५ प्रकारको मुद्दती योजना ल्याएको हो। यी खातामार्फत नबिल बैंकले देशमा मात्रै नभई विदेशमा रहनेहरू सबैलाई समेटेको छ। बैंकको यो नयाँ योजना हो।

यो योजनाअनुसार नबिल फिक्स्ड डिपोजिट, नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट रिलोडेड, नबिल क्युमुलिटिभ फिक्स्ड डिपोजिट, नबिल रेमिट्यान्स फिक्स्ड डिपोजिट अकाउन्ट र नबिल एनआरएन फिक्स्ड डिपोजिट अकाउन्ट खाता रहेका छन्।

यी बैंक खाताहरूमा फरक–फरक विशेषता रहेको बैंकले जनाएको छ।

कुन खाता खोल्दा के सुविधारु
नबिल फिक्स्ड डिपोजिट
बैंकले भर्खरै सार्वजनिक गरेकोे ५ प्रकारका मुद्दती खातामा नबिल फिक्स्ड डिपोजिट सबैको लागि पहुँच रहने खाता हो। यसमा ११।०३ प्रतिशत वार्षिक ब्याज प्रदान गरिने बैंकले जनाएको छ।

नियमअनुसार पाइने यो उच्च ब्याजदर हो। वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दती खातामा पाइने यो उच्च दर हो। यसमा महत्वपूर्ण विषय अनलाइन एफडी आवेदन उपलब्ध रहेको बैंकले जनाएको छ।

नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट रिलोडेड
यो खातामा पैसा जम्मा गर्दा ११.०३ प्रतिशत ब्याज पाइन्छ। यसको अतिरिक्त सुविधा भनेको प्रत्येक महिना ब्याज भुक्तानी पाइने हो। त्यस्तै यो खाता खोल्ने ग्राहकलाई निक्षेप रहेको रकमको ९० प्रतिशतसम्म ऋण दिइन्छ।

यसमा आफ्नो डिपोजिट हेरेर बैंकले ऋण समेत पाउने सुविधा प्रदान गरेको छ। यदि कुनै व्यक्तिले मुद्दती खातामा पैसा राख्यो र पछि पैसा आवश्यक परेको खण्डमा यस प्रकारको खाता सहयोगी हुने बैंकले जनाएको छ।

प्रकाशित : 10 March, 2022

प्रतिक्रिया दिनुहोस्