केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २६, आजको नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले घटेको छ ।

बुधबार नयाँ रेकर्ड बनाउँदै एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ९बिहीबार० एक लाख दुई हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुन एक लाख दुई हजारमा कारोबार हुँदा तेजावी सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार एक लाख पाँच हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य तीन हजार ५०० रुपैयाँले घटेको हो ।

सुनसँगै आज चाँदीको मूल्य पनि एकैदिन ४५ रुपैयाँले घटेको छ । बुधबार तोलाको एक हजार ४५० मा कारोबार भएको चाँदी आज एक हजार ४०५ मा कारोबार भइरहेको सुन चाँदी व्यावसायिक महासंघले जनाएको छ ।

प्रकाशित : 10 March, 2022

प्रतिक्रिया दिनुहोस्