प्रदीपको जन्मदिनमा ‘प्रकाश’को रिलिज मिति घोषणा

काठमाडौं । फाल्गुन २६, प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ आगामी भदौ १० गते रिलिज हुने भएको छ ।
प्रदीपको जन्मदिनको अवसर पारेर फिल्मको निर्माण टिमले आफ्ना दुई मुख्य पात्रको लुक्ससहितको अफिसियल पोस्टर सार्वजनिक गरेको हो ।
दिनेश राउत निर्देशित फिल्मले विपन्न वर्गको एक गाउँले युवकले सरकारी शिक्षक बन्न गर्नुपर्ने संघर्षलाई चित्रण गर्छ । पोस्टरमा प्रदीप र दीयालाई ग्रामीण लुक्समा देख्न सकिन्छ ।