यू–१८ महिला साफ च्याम्पियनसिप अन्तिम टोली घोषणा

काठमाडौं । फाल्गुन २६, यू–१८ महिला साफ च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा भएको छ।
मुख्य प्रशिक्षक दर्शनभक्तराज लावतले बिहीबार भारतको जमशेदपुरमा मार्च १५ देखि २५ सम्म हुने साफ यू–१८ महिला च्याम्पियनसिपका लागि २४ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। यसअघि प्रारम्भिक टोलीमा ४० खेलाडी बोलाइएको थियो।
प्रतियोगितामा आयोजक भारतसँगै नेपाल र बंगलादेशको सहभागिता रहने छ। यी तीन टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन्। सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ।
टोली शनिबार प्रतियोगिताका लागि प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
अन्तिम टोली
सावित्री किसान जीके, लिला जोशी ९जीके०, पूजा थापा जीके, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अञ्जली माछामासी, सारा बज्राचार्य, जेनिफर राणा, सरिश्मा थापा, सदिपा भोलन, कुसुम खतिवडा, अमिषा कार्की, मनमाया दमाई, गरिमा राई