पोखरामा प्रदेशस्तरीय तेक्वान्दो सुरु

काठमाडौं । फाल्गुन २७, पोखरामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता आजबाट सुरु भएको हो । बिहीबार १५ खेल सकिएका छन् ।
पहिलो दिनको खेलमा पुरुष ५४ केजी समूहतर्फ कास्कीका मन्दिप सुनार पहिलो भएका छन् भने बागलुङका सुजन रसाइली दोस्रो भएका छन् । ६३ केजी समूहमा पर्वतका प्रकाश माझी प्रथम र नवलपुरका सुनिल महतो दोस्रो भए ।
७४ केजी तौल समूहबाट म्याग्दीका क्रिपेश शर्मा पहिलो र कास्कीका दिपेश सुनार दोस्रो भएका आयोजकले जनाएको छ । यता, ५८ केजी समूहबाट पर्वतका सुजन कँडेल तथा म्याग्दीका कनक प्रधान क्रमशः पहिलो र दोस्रो भएका छन् । बाँकी खेल शुक्रबार हुनेछन् ।