केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कच्चा पदार्थमा लगाइने कर कटौती गर्न माग

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ३०,उद्योग संगठन मोरङले कच्चा पदार्थलगायत उत्पादनका क्रममा प्रयोग हुने वस्तुमा लगाइने कर कटौती गर्न माग गरेको छ ।

सोमवार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार बजारमा वस्तुको मूल्यवृद्धि भएका बेला आमउपभोक्तालाई राहत दिन स्थिति सहज नहुन्जेल कर कटौती गर्नुपर्ने संगठनले माग गरेको हो ।

संगठनले उद्योग व्यवसाय, आमउपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्बन गर्न सरकारसँग अनुरोधसमेत गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, रुस–युक्रेन युद्ध, डलरको पढ्दो विनिमय दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामग्री, निर्माण सामग्रीलगायत वस्तुको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

 

प्रकाशित : 14 March, 2022

प्रतिक्रिया दिनुहोस्