बिप्लव समूहसँग बालुवाटारमा घनिभूत वार्ता

काठमाडौं । चैत २, बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भेट गरेका छन् ।
९ बजेदेखि झण्डै दुई घण्टा लामो कुराकानी भएको नेकपा स्रोतले पुष्टि गरेको छ । भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण,गृहसचिव टेकप्रसाद पाण्डेको समेत उपस्थिति थियो । कुराकानीको मुख्य विषय केपी शर्मा ओलीको सरकारले नेकपासँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयन भएको नेकपाले जनाएको छ ।
सो क्रममा प्रकाण्डले आफ्ना ८७ जना नेता तथा कार्यकर्ता अझै जेलमा रहेकाले सम्झौताको अक्षरशः र तत्काल कार्यान्वयनमा जोड दिएका हुन् ।
यसअघि २०५२ सालमा पनि अहिलेका प्रधानमन्त्री देउवालाई नै ४० बुँदे माग बुझाएर तत्कालीन माओवादी जनयुध्दमा गएको थियो । जनयुध्दका कारण मुलुक र जनताले झण्डै डेढ दशक सबै क्षेत्रमा निकै कष्ट भोग्नुपरेको थियो ।