केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘कश्मीर फाइल्स’ नेपालमा रिलिज हुँदै, भारतमा ५ दिनमै ६० करोड कमायो

सहयात्रा टिभी

काठमाडौं । चैत ३, अनुपम खेर स्टारर बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ शुक्रबारदेखि नेपालमा प्रदर्शन हुने भएको छ ।

वितरक मनोज राठीले देशभरका हलमा फिल्म प्रदर्शन हुन लागेको जानकारी दिए ।

भारतीय बक्स अफिसमा उछाल कमाइ गरेको यो फिल्मलाई समीक्षा पनि उत्कृष्ट मिलिरहेको छ । ‘भारतको कमाइ र समीक्षाको ट्रेन्ड हेरेपछि नेपालमा ल्याउनैपर्ने देख्यौं,’ राठीले भने, ‘शुक्रबार सबै हलबाट रिलिज हुन्छ ।’

भारतीय बक्स अफिसमा फिल्मले पाँच दिनमा ६०.२० करोड नेट कमाइ गरेको छ । पहिलो दिन ३.५५ करोड कमाएको फिल्मले दोस्रो दिन ८.५० करोड, तेस्रो दिन १५.१० करोड र चौंथो दिन १५.५ करोड कमाइ गरेको थियो ।

पहिलो साताको समाप्तिसम्म फिल्मले ९० करोड भारु नेट कमाइ गर्ने प्रक्षेपण गरिएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मलाई ‘ब्लकबस्टर’को रुपमा उल्लेख गरेका छन् ।

 

 

प्रकाशित : 17 March, 2022

प्रतिक्रिया दिनुहोस्