केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से १९ अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौं । चैत २, शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेन्ज नेप्से बुधवार १९.६५ अंकले घटेको छ ।

शेयर बजार ०.७४ प्रतिशतले घटेर २६३१.३२ बिन्दुमा झरेको छ । बजार घटेसँगै कारोबार रकम साढे दुई अर्ब रूपैयाँको मात्रै भएको छ ।

आज २३१ कम्पनीको ४९ लाख ६७ हजार कित्ता शेयरको ३७ हजार पटक कारोबार भएको छ । यसबाट २ अर्ब ५७ करोड रूपैयाँको कारोवार भएको छ ।

बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ । यो कम्पनीको आज शेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४७२ रूपैयाँ पुगेको छ ।

मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले पनि ६.१३ प्रतिशतले कमाएका छन् । आज कमाउने सूचीमा सोल्टी होटल, ओरियन्टल होटल, नेपाल फाइनान्सका लगानीकर्ता छन् । उनीहरूले २.८४ देखि ४.२२ प्रतिशतसम्म कमाए ।

 

प्रकाशित : 16 March, 2022

प्रतिक्रिया दिनुहोस्