आज विश्व कविता दिवसःविभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । चैत ७, विश्व कविता दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि कवितालाई महत्त्वपूर्ण मानिन्छ । दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य विभागले विशेष कवि गोष्ठी गर्दैछ ।