भारतीय पर्यटन भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु

सहयात्रा टिभी

काठमाडौं । चैत ९, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटन भित्र्याउनका लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन् ।

मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा।रेग्मीले भारतका विभिन्न सहरका पर्यटन घुम्न आतुर रहेकाले नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको बताएका हुन् ।

उनले पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल सरकारको कुनै प्याकेज बिना नै अत्याधिक मात्रामा आउने गरेकाले थप व्यवस्थित बनाएर पर्यटक बढाउनको लागि टुरिजम मार्ट अभियान सुरु गरिएको बताए ।

कोरोना महामारीपछि भारतीय पर्यटक घुम्नेको लागि उपयुक्त गन्तव्य खोजी रहेकाले त्यो गन्तव्य समयमा नै नेपाल बनाउनु पर्ने आवश्यक रहेको डा.रेग्मीले बताए ।

उनले बोर्डले भारतका विभिन्न शहरका टुर अपरेटरहरूसँग सहकार्य गरेर टुर अवरेटरको माध्यमबाट नेपालमा भारतीय पर्यटक बढाउने योजना बनाएको बताए ।

प्रकाशित : 23 March, 2022

प्रतिक्रिया दिनुहोस्