प्रभु साहविरूद्ध रेखा झाले दिइन् उजुरी

सहयात्रा टिभी

काठमाडौं । चैत १०, नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सांसद रेखाकुमारी झाले स्थायी कमिटी सदस्य प्रभु साहविरूद्ध पार्टीमा उजुरी दिएकी छन्।

बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा झाले आफ्नो गृह जिल्ला रौतहटमा साहले मनोमानी गरेको आरोपसहित उजुरी दिएकी हुन्।

रौतहटमा जिल्ला अधिवेशनताका हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको झाको आरोप छ।

उनले रौतहट जिल्लाको अधिवेशन फेरि हुनु पर्ने माग गरेकी छन्।

‘उहाँले मनोमानी गर्नुभयो। माओवादीहरूको स्कुलिङ अलि अर्कै हुँदो रहेछ,’ झाले सेतोपाटीसँग भनिन्।

माओवादी केन्द्रका नेता साह नेकपा विभाजन भएर दुई पार्टी हुँदा एमालेमै बसेका थिए।

प्रकाशित : 24 March, 2022

प्रतिक्रिया दिनुहोस्