भरतपुर महानगरपालिका भवनको प्रचण्डले शिलान्यास गर्ने
सहयात्रा टिभी
काठमाडौं । चैत १०, निर्वाचन क्षेत्रको विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गर्ने भएका छन् ।
महानगरपालिकाका अनुसार शुक्रबार विहान ११ बजे उनले महानगरको नयाँ बन्ने भवनको शिलान्यास गर्न लागेका हुन् ।
अहिले भएको भवनको पूर्वतर्फको खाली ठाउँमा महानगरले प्रशासनिक भवन बनाउन ठेक्का लगाइसकेको छ ।
सम्झौता भएको मितिले ३० महिनाभित्र सक्ने गरी ९४ करोड ३२ लाख ३० हजार २७१ रुपैया अनुमानित लागतमा ठेक्का लगाएको हो ।