स्थानीय तह निर्वाचन बेथान चोकमा भगवानको चर्चा

काठमाडौं। चैत १२, बेथानचोक, काभ्रे जिल्लामा नेपाली कांग्रेसको पकड क्षेत्र मानिएको बेथानचोक गाउँपालिकाको नेतृत्व लिन कांग्रेसका युवा नेता भगवान अधिकारी अघि बढेका छन् ।
प्राकृतिक स्रोत साधानले भरिपूर्ण अत्यन्त सुन्दर गाउँपालिकाको रुपमा परिचित बेथानचोकलाई आगामी पाँच वर्ष भित्र समग्र विकास गरी देश विदेशमा परिचित गराउने योजनाका साथ अघि बढेका भगवान यो क्षेत्रको लोकप्रिय नेता हुन ।
समाज सेवाको भावका साथ विद्यार्थीकाल देखि नै कांग्रेस राजनीतिमा सक्रिय अधिकारी नेपाली राजनीतिमा जिल्ला देखि केन्द्र सम्म परिचित नाम हो ।
गुरुयोजनाका साथ आगामी पाँच वर्ष भित्र जन्मभूमि बेथानचोकको विकासलाई लक्ष्यमा पुर्याउन खाका तयार गरिरहेका अधिकारी अघिल्लो निर्वाचनमा पनि अघि सरेका थिए ।
तर कांग्रेस भित्र पुरानो पुस्तालाई अन्तिम एक पटक अवसर दिनुपर्ने आवाज उठेपछि पछि हटेका अधिकारीले अहिले बेथानचोक विकासको खाका ल्याइसकेका छन् ।
अहिले हाई हाई भएकै बेला युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न वर्तमान अध्यक्ष प्रेमवहादुर तिमल्सिना पनि तयार भएको बताइएको छ ।
युवा जोस जागर मात्र हैन राजनीतिक अनुभव समेत प्रशस्त भएका अधिकारीले आफ्नो गाउँपालिका विकासका लागि देश विदेशमा भएका विज्ञहरूसँग निरन्तर छलफलमा गरिरहनु भएको छ ।
छ वटा वडा रहेको यो गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र, कृषि क्षेत्र, जडीबुटी उत्पादन, औद्योगिक क्षेत्र, शैक्षिक क्षेत्र, अनुसन्धान क्षेत्र लगायत छुट्टाछुट्टै क्षेत्र निर्माण गरी गाउँपालिका भित्र लगानी र रोजगारी बढाउने अधिकारीको योजना छ ।