औद्योगिक शिक्षा आजको आवश्यकताःमुख्यमन्त्री पाण्डे

काठमाडौं। चैत ११, सम्बन्धित विषयको ज्ञान र सीप विनाका श्रमिकहरूबाट औद्योगिक उत्पादन बढाउन सकिदैन ।
उद्योगलाई आवश्यक पर्ने दक्ष मजदुर विदेशबाट ल्याउनु अवस्थाको अन्त्य गर्न र औद्योगिक तथा दक्ष श्रमिक उत्पादन गर्न औद्योगिक शिक्षा आवश्यक भएको बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बताए ।
धादिङ उद्योग वाणिज्य संघको २८ साधारणसभा तथा १०औं अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै वागमती प्रदेश सरकारले औद्योगिक शिक्षाको कार्यक्रम अघि सारेको र चितवन उद्योग वाणिज्य संघलाई पाठ्यक्रम तयार गर्न बजेट निकासा गरेको बताए ।
उद्योगमा काम गर्नेले अनिर्वाय कम्तिमा तीन महिने कक्षा लिनु पर्ने व्यवस्था भएपछि श्रमिकले ज्ञान सीप सहित काम गर्ने हुदाँ उत्पादन बढाउन सकिन्छ ।
विदेशबाट श्रमिक कमभन्दा ल्याएपुग्ने मुख्य मन्त्री पाण्डेले बताए । अहिले नेपाली श्रमिक भारतमा २८ हजार छन् । तीअदक्ष श्रमिकले माएर जति नेपाल पठाउँछन् । भारतबाट आएका आठ लाख दक्ष श्रमिकले सवै फिर्ता लान्छन् ।
हाम्रा २० लाख मानिसहरूको श्रम यतिकै खेर गएको छ । खाडी मुलुकबाट अदक्ष श्रमिकहरूले नौ खवर पठाँउछन् ।
दक्ष बनाएर पठाउन सकेको भए त्यो भन्दा धेरै आउँथ्यो । हस्तकलामा १२ लाख मानिसले रोजगारी गरेर आठ अरवको कारोबार गर्छन् । खुला विश्वविद्यालयबाट सीप प्रमाणीकरण गरेर स्नाकोत्तरसम्मको प्रमाणपत्र दिने व्यवस्था छ ।
सीप परिक्षण गरेर विश्व विद्यालयबाट प्रमाणपत्र लिएपछि उ शैक्षिक प्रमाण पत्रवाला हुन्छ । जहाँ गएरपनि रोजगारी गर्न सक्षम हुन्छ मुख्य मन्त्रि पाण्डे बताए ।
बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको छ । बागमती प्रदेशभित्र रहेका चार औद्योगिक क्षेत्र वालाजु, पाटन, भक्तपुर र हेटौंडा प्रदेश सरकार मातहतमा ल्याउन प्रधानमनत्री शेरबहादुर देउवासँग छलफल चलाएको छ ।
ती औद्योगिक क्षेत्र चलाउन जिम्मा बागमती प्रदेश सरकारले पाए देखि सवै भन्दा पहिला कपडा उद्योग सञ्चालन गरिने छ ।
सबै सरकारी सेवा सुविधा लिने कर्मचारी तथा राजनीति नियुक्त र जनप्रतिनिधिहरूलाई अनिर्वाय पोशाक नेपाली उत्पादन लगाउनु पर्ने व्यवस्था गरेपछि पैसा विदेश जानबाट रोकिन्छ । औद्योगिक क्षेत्र बागमती प्रदेश सरकारले पाए २० हजार मानिसलाई रोजगारी दिने मुख्य मन्त्री पाण्डेले बताए ।