स्वदेश फर्किए चिनियाँ विदेश मन्त्री वाङ यी

सहयात्रा टिभी

काठमाडौं। चैत १३,  विदेश मन्त्री वाङ यी स्वदेश फर्किएका छन्।

शुक्रबार दिउँसो भारतबाट नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ आइतबार साढे २ बजे चीन प्रस्थान गरेका हुन्।

विदेशमन्त्री वाङको बिदाइका लागि परराष्ट्र सचिव भरतराज पौड्याल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

शुक्रबार नेपाल आएका विदेशमन्त्री वाङले शनिबार बिहान शिवपुरी हाइकिङमा निस्केर राजनीतिक भेटवार्ता गरेका थिए । शनिबार चीन र नेपालबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको थियो।

त्यसलगत्तै विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।

आइतबार स्वदेश फर्किनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।

 

प्रकाशित : 27 March, 2022

प्रतिक्रिया दिनुहोस्