प्रचण्ड रोल्पा जाँदै

काठमाडौं। चैत १४, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सोमबार रोल्पा जाँदै छन्।
त्यहाँ बनाइएको सहिद भ्यु टावर उद्घाटन र बृहत् सभालाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन्।
प्रचण्डले मध्याह्न १२ बजे कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको बताइएको छ।