९४ औं एकेडेमी अवार्डः ‘कोडा’ बन्यो उत्कृष्ट फिल्म

काठमाडौं। चैत १४, ९४ औं अस्कर अवार्डमा उत्कृष्ट फिल्मको उपाधि ‘कोडा’ले पाएको छ।
सैन हेडरको निर्देशनमा बनेको फिल्मले उक्त विधामा रहेका १० फिल्मलाई पछि पार्दै उत्कृष्ट फिल्मको उपाधी जितेको हो।
उत्कृष्ट फिल्मको अवार्डका लागि ‘कोडा’ ‘बेलफेस्टि’, ‘डन्ट लुक अप’, ‘ड्युन’, ‘ड्राइभ माइ कार’, ‘किङ्ग रिचर्ड’, ‘लिकोराइस पिज्जा’, ‘नाइटमेयर एल्ली’, ‘द पावर अफ द डग’ र ‘वेस्ट साइड स्टोरी’ छनोटमा परेका थिए। यी मध्ये ९ फिल्मलाई पछि पार्दै ‘कोडा’ले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ।
फ्रान्सेली कमेडी नाटक ‘ला फेलिल्ले बेलियर ९बेलियर परिवारमा आधारित रहेको फिल्ममा एक परिवारमा सुन्ने र नसुन्ने सदस्यबीचको कथालाई देखाइएको छ। फिल्ममा इमिल्या योनेस, टोरी कोट्सुर, डेनियल डुरेन्टलगायतका कलाकारको अभिनय रहेको छ।