केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ मार्फत थप सेवा

सहयात्रा टिभी

काठमाडौं। चैत १४, ग्लोबल आइएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकहरुलाई क्यूआर सुविधा दिन पेमेन्ट नेपाल गेटवे पेमेन्ट सर्भिस सँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारतपे, पाइथम, गुगल प्लेलगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिनेछ ।

उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।

सेवा संचालनमा आएपश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर ९सीमा वारपार० भुक्तानी सम्भव बैंकले जनाएको छ ।

प्रकाशित : 28 March, 2022

प्रतिक्रिया दिनुहोस्