केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लामटाङ राष्ट्रिय निकुञ्ज द्वारा १० लाख राजश्व संकलन

सहयात्रा टिभी

काठमाडौं। चैत १५, फागुन महिनामा लामटाङ राष्ट्रिय निकुञ्ज घुम्न आउने सात सय ६७ आन्तरिक तथा बाह्य पर्यटक आउँदा १० लाख ५३ हजार एक सय रूपियाँ राजश्व संकलन भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार नेपालभित्रका विभिन्न ठाउँहरूबाट चार सय २१ जना, सार्क मुलुकबाट १८ जना, विदेशी तीन सय २८ जना गरी सात सय ६७ जनाबाट १० लाख ५३ हजार एक सय राजश्व उठेको बताउनुभयो ।

कोभिड–१९ को संक्रमण हराउँदै गएको कारण लाङटाङ तथा गोसाईंकुण्ड जानेको भीड लागेको हो । होटल व्यवसाय संघका अध्यक्ष रामशरण गजुरेल निशान भन्नुहुन्छ दैनिक ३०/४० जनाको हाराहारीमा आन्तरिक तथा बाह्य आउने गरेका छन् ।

प्रकाशित : 29 March, 2022

प्रतिक्रिया दिनुहोस्