पलको मुद्दामा उच्च अदालतले माग्यो थुनामा पठाउन प्रमाण

सहयात्रा टिभी

काठमाडौं। चैत १६, पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दामा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।

 

साधारण तारेखको माग गर्दै परेको मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आधार प्रमाणका लागि पेश गरिएका कागजातको प्रमाणित प्रतिलिपि पठाउन आदेश गरेको हो ।

नाबालिगमाथि बलात्कार गरेको अभियोगमा पललाई तनहुँ जिल्ला अदालतले चैत १० मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

सो आदेशविरुद्ध पलले उच्च अदालत पोखरामा दिएको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले कैफियत प्रतिवेदन मगाउन आदेश गरेको अदालतका उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

 

प्रकाशित : 30 March, 2022

प्रतिक्रिया दिनुहोस्