सार्वजनिक यातायातको भाडा बढ्यो

सहयात्रा टिभी

काठमाडौं। चैत २०, लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडादर बढेको छ।

सरकारले अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो।

यस्तै, मालबाहक सवारीमा पनि भाडादर बढेको छ। सरकारले पहाडमा मालबाहक १३ तथा तराईमा १५ प्रतिशतका दरले भाडा बढाएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतसम्म बढेको यातायात व्यवस्था विभागले जनाएको छ।

 

प्रकाशित : 3 April, 2022

प्रतिक्रिया दिनुहोस्