फाइनल हेर्न पूर्वकप्तान पारस मैदानमा

काठमाडौं। चैत २१, नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का त्रिकोणात्मक टि २० आई सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनीबीचको फाइनल हेर्न टियु मैदान पुगेका छन् ।
नेपालले टस हारेर पहिला ब्याटिङ गरि रहँदा पारस खड्काले काउकर्नरमा रहेको मिडिया बक्समा बसेका खेल हेरि राखेका छन् । पारससँगै स्पिनर ललित राजवंशी र कर्णाली प्रदेशका रविन्द्रजंग शाही छन् ।
पारसले गत साउनमा नेपाली क्रिकेट टोलीबाट सन्न्यास लिएका थिए । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस पछिल्लो समय क्रिकेट एकेडेमीमा ब्यस्त रहँदै आएका छन् । पारस सहित पाँच जना मिलेर बालुवाटारमा क्रिकेट एक्सिलेन्स सेन्टर सिईसीमा ब्यस्त रहँदै आएका छन् ।