खुलेर हाँस्दा हुन्छ यस्ता स्वास्थ्य लाभ

सहयात्रा टिभी

काठमाडौं। चैत २२, खुसी हुनु धेरै रोगहरूलाई टाढा राख्नका लागि सबैभन्दा सजिलो र प्रभावकारी तरिका हो ।

 

तर आजको व्यस्त जीवनमा करियर र पारिवारिक जिम्मेवारी, कामको बोझ, बढ्दो दूरी र एक्लोपनले जीवनबाट हाँसो हराएको छ ।

जहाँ विश्वका धेरै अनुसन्धानमा हाँस्नु एक प्रकारको उपचार हो भन्ने कुरा बाहिर आएको छ । जुन प्रभावकारी र वैज्ञानिक रूपमा पनि प्रमाणित छ । खुलेर हाँस्दा धमनीहरू फैलिन्छ, जसका कारण शरीरमा रक्तसञ्चार तीव्र हुन्छ ।

यति मात्र होइन, हाँस्दा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र यसले शरीरमा एन्टिबडीलाई पनि बलियो बनाउँछ ।

हाँस्नाले शारीरिक र मानसिक रूपमा मात्र नभई भावनात्मक रूपमा पनि स्वस्थ राख्छ । जब हामी हाँस्छौं, हाम्रो दिमागमा अर्को कुनै विचार आउँदैन । खुलेर हाँस्दा शरीरमा ऊर्जाको मात्रा बढ्छ र तनाव र दुखाइ कम हुन्छ ।

खुलेर हाँस्नुका फाइदाहरू
– हाँस्दा फोक्सोमा अक्सिजनको मात्रा बढेकोले फोक्सोले राम्रोसँग काम गर्छ ।
– मांसपेशी आराम मिल्छ ।
– प्रतिरक्षा प्रणाली र रक्त संचार प्रणाली बलियो हुन्छ ।
– एन्डोर्फिन आनन्द महसुस गर्ने हर्मो को स्राव द्रुत हुन्छ । यसलाई प्राकृतिक पेनकिलर मानिन्छ ।
– मुटु र मस्तिष्कको काम राम्रो हुन्छ ।
– रक्तचाप सन्तुलन कायम राख्छ ।
– दुखाइ सहन सक्ने क्षमता बढाउँछ ।
– तनाव कम हुन्छ, राम्ररी निद्रा लाग्छ ।
– जीवनलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ ।

 

 

प्रकाशित : 5 April, 2022

प्रतिक्रिया दिनुहोस्