पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने

सहयात्रा टिभी

काठमाडौं। चैत २३, पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ ।

 

प्रतियोगिता चैत २४–२६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिए ।

करीब ३० लाख रुपैयाँको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताका विजेताले १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले ५० हजार तथा उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

ऐतिहासिक पर्यटकीयस्थल रानीमहलको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा खेलको आयोजना गरिएको मास्केले बताए ।

प्रतिष्ठानले १ दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ ।

सम्पूर्ण खेलाडीको २ लाख रुपैयाँ बराबरको बीमा समेत आयोजकले गरेको छ ।

प्रकाशित : 6 April, 2022

प्रतिक्रिया दिनुहोस्