अब मोबाइलबाटै स्वास्थ्य बिमा नवीकरण गर्न मिल्ने

काठमाडौं। चैत २६, स्वास्थ्य बिमा बोर्डले बिमितहरुले मोबाइलबाट बीमको अनलाईन नवीकरण गर्न मिल्ने सुविधा ल्याएको छ ।
बिहीबार छैटौं स्वास्थ्य बिमा दिवसको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै बोर्डले शुक्रबार चैत २५ गतेका दिन यो सुविधासँगै एचआइभी प्रोफाइल मोबाइल एप सेवा सुभारम्भ गर्ने भएको हो ।
बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले बढ्दो सेवाग्राहीको चापका कारण केही सेवा प्रदायक संस्थामा व्यवस्थापन समस्या देखिएता पनि त्यसलाई समाधान गर्ने कार्य भइरहेको बताए ।
उनले भने–‘सेवाको गुणस्तर, जनशक्ति बढाउनुपर्ने आवश्यकता छ । जनशक्तिको समस्याले समयमा सेवाग्राहीको कागजात रुजु नहुँदा समस्या पर्ने गरेको छ ।’
स्वास्थ्य बिमा कार्यक्रम २०७२ चैत्र २५ गते देखि कैलाली जिल्लाबाट औपचारिक रुपमा सदस्यता दर्ता सुरु भएको हो । हाल यो कार्यक्रमको भौगोलिक विस्तार ७७ जिल्ला तथा ७४५ स्थानीय तहमा भएको छ ।
बुधबारसम्मको बोर्डको तथ्यांक अनुसार कूल बिमित सदस्य संख्या ५३,०४,२७० ९२०.०३ प्रतिशत रहेका छन् भने कूल बिमित परिवारको संख्या १५,०८,५१४ ९२७.७९ प्रतिशत रहेको छ । त्यसैगरी कूल बिमित मध्ये सेवा लिनेको संख्या २०,८९,५९९ ९कूल बिमितको करिब ३९।३९ प्रतिशत० रहेको छ । नवीकरण गर्नेको संख्या भने ७० प्रतिशत रहेको छ ।
७७ जिल्ला तथा ७४५ स्थानीय तहमा बिमा कार्यक्रमको विस्तार भए पनि बिमा रकम भुक्तानीको सोधभर्ना समयमै नहुनु, बिमितहरु नवीकरणमै नआउनु, जनचेतनाको कमीले बिमा प्रभावकारी तथा गुणस्तरीय बन्न सकेको छैन ।