उदाउँदो सूर्यलाई अर्घ दिए पछि चैती छठ समापन

सहयात्रा टिभी

काठमाडौं। चैत २५, मधेश प्रदेशमा शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै चैती छठ सम्पन्न भएको छ ।

सूर्यको पहिलो किरणलाई अर्घ दिन व्रतालुहरू बिहानैदेखि प्रतिक्षामा थिए । लामो समयको पर्खाईपछि उनीहरुले सूर्यलाई अर्घ दिएका हुन् । निर्जल उपवास बसेका व्रतालुहरूले बिहीवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका थिए ।

तराई मधेशको सबैभन्दा ठूलो तथा महान पर्वको रुपमा छठ व्रतलाई मान्ने गरिन्छ । छठ पर्व तराईकै सबैभन्दा ठूलो चाड भएपनि मधेश प्रदेश सरकारले यो पर्व मनाउन सार्वजनिक विदा दिएको छैन । छठ व्रत मान्ने व्रतालुहरुले जनकपुरको गंगासागर, धुनुषसागर, अरगज्जा सागर, दशरथ तल्ला लगायतका छठीघाटमा रातभरि जाग्राम बसेर भजन(कीर्तन गरेका थिए ।

ब्रतालुले भरिभराउ छठीघाटहरुबाट अहिले झक्तजनहरु आ आफ्नो घर फर्किन थालेका छन् । प्रायः सबै छठीघाटमा छठी माताको गीत साउण्ड बक्समा ठूला आवाजमा घन्की रहेको थियो । व्रतालुहरू ले बिरा ९माटोको दियो बालेर० जलायशयमा बगाएका थिए ।

प्रकाशित : 8 April, 2022

प्रतिक्रिया दिनुहोस्