गठबन्धनको मोडालिटीबारे छलफलमा सत्ता गठबन्धन

सहयात्रा टिभी

काठमाडौं। चैत २८, स्थानीय तह चुनावमा तालमेलको खाकाबारे सत्ता गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरु यसबारे छलफल गर्दैछन् ।

आजको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले संयुक्त अपील जारी गर्ने तयारीमा रहेको माओवादी केन्द्रका प्रमुख देव गुरुङले जानकारी दिए ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीहरूबीच छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा कहाँ कसरी गठबन्धन गर्ने भन्नेबारे छलफल चलिरहेको छ ।

सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठकबाट समितिका संयोजक एवम् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेल गर्नुपर्ने वा नपर्ने भन्ने स्थानीय तहको प्रतिवेदनमाथि छलफल गर्न आइतबारको बैठक भएको थियो ।

समितिमा गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहमा गठन गरेका संयन्त्रहरूको सम्बन्धित क्षेत्रमा गठबन्धन आवश्यक छरछैन भन्ने प्रतिवेदनमाथि छलफल भएको थियो । उक्त बैठकमा भएका कुराहरु आजको बैठकमा राखिँदैछ ।

 

प्रकाशित : 11 April, 2022

प्रतिक्रिया दिनुहोस्