स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनको औपचारिक उद्घाटन

सहयात्रा टिभी

काठमाडौं। चैत २८, हिजो देखि शुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनको औपचारिक उद्घाटन भएको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले एक समारोहका बीच आज सम्मेलनको उद्घाटन गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनुसन्धानका क्षेत्रमा भएको खर्च फजुल खर्च ठान्ने भएको बताएका छन् ।

विज्ञान प्रविधि, अध्ययन, अनुसन्धानका क्षेत्रमा पनि प्रदेश सरकारका क्षेत्रबाट पनि अगाडि बढिरहेको उनले बताए । ‘

बागमती प्रदेशले नव प्रवर्द्धनका सवालमा एउटा नीति पास गरेको छ । त्यसका आधारमा ऐन बनाएर स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्छौं,’ उनले भने, ‘बागमती प्रदेश स्वास्थ्य अनुसन्धान क्षेत्रका परिषद्सँग सहकार्य गर्न तयार छ ।’

उद्घाटन समारोहका प्रमुख अतिथी रहेका मुख्यमन्त्री पाण्डे स्वास्थ्य शिक्षा सवालमा र स्वदेशमै स्वास्थ्य शिक्षा पाउनुपर्ने भन्ने सवालमा कन्जरभेटिभ भएको बताए ।

उनले सकेसम्म नेपाली विद्यार्थीहरु विदेशमा जाउन् भन्नेमा रहेको उनको भनाइ थियो । उनले ०७४ सालदेखि नेपाल नयाँ संरचनामा गएकाले नयाँ परिस्थितीमा नयाँ स्वास्थ्य नीति तयार गर्नुपर्ने जोड दिए ।

सो अवसरमा परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले सम्मेलनको आवश्यकता र महत्वको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा मुख्य बक्ताको रुपमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। टेडरोस अधानाम गेब्रएससले आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित : 11 April, 2022

प्रतिक्रिया दिनुहोस्