कालिका लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

सहयात्रा टिभी

काठमाडौं। वैशाख ६, नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ।

लघुवित्तको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।

प्रकाशित : 19 April, 2022

प्रतिक्रिया दिनुहोस्