प्रतिलिपि अधिकार स्थापना दिवस

सहयात्रा टिभी

काठमाडौं। वैशाख ७, आज नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले १७औं स्थापना दिवस रहेको छ ।

त्यस्तै विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । सरकारले प्रतिलिपि अधिकार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २०६१ वैशाख ७ गते कार्यालय नै स्थापना गरेको थियो ।

सोही दिनको अवसर पारेर कार्यालयले बुधवार प्रभातफेरी, शुभकामना आदानप्रदान र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेको छ ।

कार्यालयका अनुसार काठमाडौंको रत्नपार्क स्थित गणेशमान बाटीकाबाट प्रभातफेरी शुरू गरेर नारायणहिटी कार्यालय परिसरमा शुभकामना आदान प्रदान गर्ने र एक कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ ।

प्रकाशित : 20 April, 2022

प्रतिक्रिया दिनुहोस्