शेयर बजार
सहयात्रा टिभी
काठमाडौं। वैशाख ८, आज शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ ।
३६ दशमलव ७३ अंकले घटेको बजार आज ४ दशमलव ९४ अंकले बढेर २ हजार ३२५ दशमलव ४५ विन्दुमा पुगेको हो।
बिहीबार २३१ वटा धितोपत्रको ३९ लाख ९१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।
जसबाट १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
बिहीबार १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी अन्य समूहको २ दशमलव शून्य ५ प्रतिशतले बढेको हो।
त्यस्तै, बिहीबार पनि जाल्पा सामुदायिक लघुवित्त र ग्रिन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा नेष्डो समृद्ध लघुवित्तको १० करोड ३६ लाखभन्दा बढी रुपैयाँको शेयर खरिद बिक्री भयो ।