कोभिडबाट समेत मस्तिष्कमा क्षति

सहयात्रा टिभी

काठमाडौं। वैशाख ९, कोभिड १९ को सामान्य संक्रमणले पनि मस्तिष्कको बुढ्यौली तथा अन्य शारीरिक परिवर्तनलाई तीव्र बनाएको एक अध्ययनले देखाएको छ ।

नेचर जर्नलमा प्रकाशित अध्ययनअनुसार कोभिड संक्रमणको सामान्य लक्षण देखिएका व्यक्तिको समेत मस्तिष्कमा उल्लेख्य परिवर्तन पाइएको छ ।

यो अहिलेसम्मकै यस प्रकारको विस्तृत अध्ययन भएको पनि उल्लेख छ । अध्ययनमा कोभिड १९ संक्रमित व्यक्तिको मस्तिष्कको सिटिस्क्यानलाई संक्रमण नभएका व्यक्तिको मस्तिष्कको सिटिस्क्यानसँग तुलना गरिएको थियो ।

संक्रमित व्यक्तिको मस्तिष्कको ग्रे–म्याटरमा संक्रमित नभएका व्यक्तिको तुलनामा धेरै क्षति पुग्नुका साथै असामान्य परिवर्तन पाइएको छ । धेरैजसो क्षति मस्तिष्कको सुँघ्ने शक्तिसँग सम्बन्धित भागमा देखिएको छ ।

प्रकाशित : 22 April, 2022

प्रतिक्रिया दिनुहोस्