छोरीको हत्या गरी खोलामा फाल्ने आमा पक्राउ

सहयात्रा टिभी

काठमाडौं। वैशाख ९,कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका ७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाया सुनाएको थियो ।

त्यसपछि उनी फरार रहेकी थिइन् ।उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका ५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित : 22 April, 2022

प्रतिक्रिया दिनुहोस्