हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

काठमाडौं। वैशाख ९, संखुवासभाको सिलिचोङ गाउँपालिका ३ ताम्कुबाट हेलिकोप्टर मार्फत एक सुत्केरीको उद्धार गरिएको छ।
सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो।