कैलालीको कैलारी गाउँपालिकामा भीषण आगलागी

काठमाडौं। वैशाख ११, कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित विपतपुर मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ ।
आगलागीबाट पूरै शिविर जलेर नष्ट भएको छ । ७२ भन्दा घरधुरी रहेको शिविरमा भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।
गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्किएको शिविरका भलमन्सा हिँगुराम चौधरीले सुनाए ।
उनले रुँदै भने, ‘हजुर हामीलाई बचाऊ, केही बाँकी रहेन । लत्ता कपडा, अन्न, पशु चौपाया सबै जले ।’