शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो

काठमाडौं। वैशाख १३, काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ । आगलागी निभाउन हेलिकप्टर प्रयोग गरिएको छ ।
तारेभीरमा आगो नियन्त्रणमा लिन दमकल र ट्यांकर पनि परिचालन गरिएको छ ।
यसैबीच काठमाडौंको सोह्रखुट्टे स्थित म्हेपी जंगलमा पनि आगो लागेको छ । टोखास्थित सपन तिर्थ जंगलमा पनि आगो लागेको एसपी मैनालीले जानकारी दिए ।