नेपाली कांग्रेसले उठायो २९ वर्षीय युवा मेयर
सहयात्रा टिभी
काठमाडौं। वैशाख १३, नेपाली कांग्रेसले डडेल्धुराको परशुराम नगरपालिकाको मेयर पदको लागि भरत बडायर जोशीलाई उम्मेदवारको रुपमा मनोनयन गरेको छ ।

बेइजिङको चाइनिज एकेडेमी अफ साइन्सबाट वायुमण्डल भौतिकशास्त्रमा स्नातकोत्तर गरेका २९ वर्षीय जोशीलाई कांग्रेसले परशुरामको मेयर उम्मेदवार बनाएको हो।
सामाजिक अभियन्ता र सफल उद्यमी रहेका जोशी नेपाली कांग्रेस परशुराम नगरपालिकाका नगर सभापतिसमेत हुन्।


