त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालनमा आउने

काठमाडौं। वैशाख १५, आन्तरिक उडानमा दैनिक यात्रुको चाप वृद्धि हुँदै गएकाले समय बढाएर बिहीबार देखि विमानस्थल सञ्चालनमा ल्याउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।
तराइमा उडान भर्नेका लागि भरतपुर र राजविराज बाहेका विमानस्थल पूर्णरुपमा रात्रिकालिन उडान गर्न सक्ने अवस्थामा रहेका छन् ।
रात्रिकालीन उडानका लागि भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढीका र काठमाडौंका विमानस्थल उडान गर्न सम्भव रहेकाले विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउन लागिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
आन्तरिकमा हाल दैनिक ३ सय २० उडान हुँदै आएका छन् भने अन्तर्राष्ट्रिय उडानमा १ सय २८ उडान हुँदै आएका छन् ।