विदेशको चर्को घाम छाडेर स्व्देशमा गाईपालन

सहयात्रा टिभी

काठमाडौं। वैशाख १६, तुलसीपुर उपमहानगरपालिका ३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्थे ।

विदेशमा उनको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किएका केसी पछिल्लो समय गाईपालनमा रमाएका छन् ।

उनको आफ्नै गाईफार्म छ । केसी दिनभर गाईको गोबर सोहोर्छन् । गाईलाई दाना–घाँस खुवाउँछन् ।

साँझ बिहान भने उहाँ गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किन्छन् । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ ।

केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बसे ।

यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किएु, उनले भने। केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थालेका हुन् ।

उनले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल भएका छन् ।

प्रकाशित : 29 April, 2022

प्रतिक्रिया दिनुहोस्