=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


विदेशको चर्को घाम छाडेर स्व्देशमा गाईपालन

सहयात्रा टिभी

काठमाडौं। वैशाख १६, तुलसीपुर उपमहानगरपालिका ३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्थे ।

विदेशमा उनको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किएका केसी पछिल्लो समय गाईपालनमा रमाएका छन् ।

उनको आफ्नै गाईफार्म छ । केसी दिनभर गाईको गोबर सोहोर्छन् । गाईलाई दाना–घाँस खुवाउँछन् ।

साँझ बिहान भने उहाँ गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किन्छन् । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ ।

केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बसे ।

यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किएु, उनले भने। केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थालेका हुन् ।

उनले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल भएका छन् ।

प्रकाशित : 29 April, 2022

प्रतिक्रिया दिनुहोस्