मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं। वैशाख १८, धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

ढल्केवर जनकपुर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–२ नक्टाझिजस्थित अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको बर्दिबास नगरपालिका ७ किसाननगरका सन्जीव श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

उनका अनुसार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २.०२.००२ प ३०५३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटनामा चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रकाशित : 1 May, 2022

प्रतिक्रिया दिनुहोस्